Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआइसी एशिया बैंकका ग्राहकले दराजमा किनमेल गर्दा २५ सयसम्म छुट पाउने

बुधबार, मंसिर ७, २०७९
एनआइसी एशिया बैंकका ग्राहकहरूले दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा दुई हजार पाँच सयसम्मको छुट पाउने भएका छन्। बैंकले दशैंको उपलक्षमा ग्राहकहरूलाई छुट प्रदान गर्ने उद्देश्यले दराजसँग सम्झौता गरेको हो। भदौ २९ गतेदेखि असोज ११ गतेसम्मको लागि लागु हुने बताइएको छ। यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा दुई हजार पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन्। चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको बताएको छ। आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइ सर्भमार्फत एवं एपमार्फत सहज रूपमा आफ्नो कार्डमा ई–कमर्श सुरू गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन्। बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:२६
प्रतिक्रिया दिनुहोस्