नेभिगेशन
जीवनयापन

थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै