Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेयर बजारमा २१.३० अंकको वृद्धि

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से २१.३० अंकले बढेर एक हजार ९ सय ३४ दशमलब ४ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेप्सेका अनुसार नेपाल बैंकको डिभेञ्चरको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ५ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्