Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल र भारतको संयुक्त लगानीमा फिल्म ‘सायरा’ निर्माण हुने

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– नेपाल र भारतको संयुक्त लगानीमा फिल्म ‘सायरा’ निर्माण हुने भएको छ । निर्माणमा भारतीय निर्माता पुष्कर झा र नेपाली कम्पनीहरु डीबीआर मिडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाले सहकार्य गर्नेछन् । आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको प्रमुख भूमिका रहने फिल्मलाई विशाल देसाईले निर्देशन गर्नेछन् । सुरुमा नेपाली फिल्म बनाउने इच्छा थियो । सहकार्यलाई लिएर म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्वबजारमा लैजाने हाम्रो तयारी छ,’ निर्माता झाले भने । फिल्मलाई हलसँगै ओटीटी प्लेटफर्ममा समेत रिलिज गर्ने तयारी छ । निर्देशक देसाइले इन्डो–नेपाली प्रोजेक्टमा जोडिन पाउँदा आफू उत्साहित भएको बताए । ‘दुई छिमेकी मुलुकको मित्रता अझ प्रगाढ हुने किसिमले फिल्म बनाउनेछौं,’ उनले भने । प्रस्तुतकर्ता रघु परियारले भने, ‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा हामी ढुक्क छौं । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौं ।’ मुख्य कलाकारबाहेक फिल्मका अन्य कास्ट र क्रुबारे पछि जानकारी दिइने भएको छ । आइडिया र टिमले गर्दा आफू फिल्ममा जोडिएको आर्यनले बताए । टीभी डान्सिङ रियालिटी शोमार्फत चिनिएकी कविताले यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् । कार्यकारी निर्मातामा काजीमान आत्रेय तथा निर्मातामा पुष्कर झा छन् । प्रेमकथामा फिल्म बन्न लागेको हो । पत्रकार सम्मेलनमा अभिनेत्री सुफियाले भिडियो सन्देश दिएकी थिइन् । ‘मैले बलिउड र हलिउडको केही फिल्ममा काम गरेकी छु । यसपटक नेपालीइन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु,’ सुफियाले भनिन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार