लीको उच्चस्तरीय भेटघाट: ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा यात्रुलाई सास्ती (फोटोफिचर)
काठमाडाैँ– नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडौंको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ ।
उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् भने सास्ती पाएका छन् ।
नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।
उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्