नेभिगेशन
जीवनयापन

एक करोडको पुरस्कार महावीर पुनलाई

काठमाडौँ– महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ। मङ्गलबार गैर आवासीय नेपाली सङ्घ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रूपियाँको भवन कीर्तिपुर पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताए। उनले एउटा मात्रै आविष्कार केन्द्र नभई धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए। आविष्कार केन्द्र खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो। देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपाली रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताए। उनले आविष्कार केन्द्रलाई उच्च प्राथमिकता नदिने हो भने देशको विकास कहिल्यै नहुने दाबी गरे। अध्यक्ष पुनले हाइवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए। उनले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताए। कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताए। उनले दक्षिण एसियामा विकासको ठूलो नारा दिए पनि सबैभन्दा गरिब मुलुकमा स्थापित रहेको दाबी गरे। उनले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताए। बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले १० औँ सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै