नेभिगेशन
जीवनयापन

पैसाका पछि नलाग्न इन्जिनियरलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौँ– सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरलाई मन्त्रालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले सो कुरा बताएका हुन् । उनले भने, ‘‘अब तपाईँहरूको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरूमाथि ठूलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जबाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईँले इमानदारी पूर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईँको पछि लाग्नेछ ।’’ इन्जिनियरले पैसा नखाई कलम नै चलाउँदैनन् भन्ने सुनिएको भन्नुहुँदै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गरे । ‘‘जनतालाई पिर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफू मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईँहरू सचिव बन्न सक्नुहुनेछ,’’ मन्त्री चौधरीले भने । ठूला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र नियुक्ति भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिए । इन्जिनियरिङ सेवा सिभिल समूहअन्तर्गत बिल्डिङ र आर्किटेकतर्फ ४१ र जनरल उपसमूहतर्फ १८ जना इन्जिनियरलाई मन्त्रालयका सचव डा। रमेशप्रसाद सिंहले शपथ ग्रहण गराएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै