नेभिगेशन
जीवनयापन

तेस्रो स्याउ महोत्सव सुरु

जुम्ला । जुम्लामा तेस्रो स्याउ महोत्सव सुरु भएको छ । जुम्ली स्याउको बजार प्रवर्द्धनका लागि आयोजित महोत्सव सुरु भएको हो । महोत्सवमा विभिन्न १४ प्रकारका स्याउका स्टलमा राखिएको थियो । साथै, स्याउबाट उत्पादित जाम जेलि, वाइन लगायतका परिकार पनि बिक्री तथा अवलोकनका लागि राखिएका छन् । महोत्सवमा राखिएका स्याउ र परिकारहरूको कृषि विज्ञसहित अतिथिहरूले अवलोकन गरेका छन् । उत्कृष्ट हुने किसानहरूले पुरस्कार पाउने छन् । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले जुम्लाको आर्थिक समृद्धिको आधार स्याउ मात्रै भएकोले उत्पादन तथा बजारीकरणमा सरकारले सहजीकरण गर्नुपर्ने बताए । जुम्ली किसानको मेहनतले स्याउ उत्पादन वृद्धि हुँदै गए पनि बजारको अभावले थन्किने चिन्ता छ । उनले भने ‘किसानलाई अनुदान, ढुवानीमा सहुलियत, स्याउ खेती विस्तारमा सरकारले लगानी बढाउनुपर्छ । स्याउ महोत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ ।’ प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरीले जुम्लाको स्याउको ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने बताउनुभयो । कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले जुम्ली स्याउको बजारीकरण र जुम्लाको आर्थिक समृद्धिका लागि हरेक वर्ष झैँ स्याउ महोत्सवको निरन्तरता दिएको बताए । उनका अनुसार स्याउले जुम्लाको अर्थतन्त्रमा ठुलो योगदान दिने भएकोले पनि उत्पादन वृद्धि र बजार प्रवर्द्धनका लागि महोत्सव आवश्यक छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै