नेभिगेशन
जीवनयापन

‘आधुनिक दासत्व’को चपेटामा विश्वका ५ करोड मानिस

काठमाडौँ– अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले ‘आधुनिक दासत्व’को चपेटामा विश्वका ५ करोड मानिस रहेको जनाएको छ । आइएलओले जबरजस्ती श्रम र जबरजस्ती विवाहसँगै अन्य सङ्कटका कारण मानिसहरू आधुनिक दासत्वमा फस्दै गएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घ अन्तर्गत रहेको आइएलओले वल्क फ्रि फाउन्डेसनसँगको सहकार्यमा गरेको अनुसन्धानमा गए वर्षको अन्त्यसम्म जबरजस्ती काम र विवाह गर्नेको सङ्ख्या उच्च रहेको देखिएको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार विश्वमा १५० जनामा १ जना ‘आधुनिक दासत्व’को सिकार भएका छन् । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म आधुनिक दासत्वको सम्पूर्ण रूपहरू उन्मुलन गर्ने लक्ष्य लिएको छ । तर, सन् २०१६ देखि २०२१ सम्ममा १ करोडभन्दा बढी मानिस ‘आधुनिक दासत्व’मा पिल्सिएका र कोरोना भाइरस सङ्क्रमणले विश्वमा ‘दासत्व’ अझै बढेको अध्ययनले उल्लेख गरेको छ । यस्तै, युद्ध, जलवायु परिवर्तन, आप्रवासी सङ्कटले पनि समस्या बढ्दो छ । विश्वका प्राय सबै देशमा आधुनिक दासत्व रहेको छ प्रतिवेदनले भनेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै