निकम्मा रहने गल्तीः एक प्रेरक प्रसङ्ग
प्रसिद्ध वैज्ञानिक बेन्जामिन फ्रेङ्कलिन आफ्नो स्पष्टवादिताको लागि धेरै प्रख्यात थिए । एकपटक उनी कुनै सभामा गए । सभाको समाप्तिमा एउटा बच्चा उनको छेउमा आयो र उनीतिर नोटबुक बढाएर उनीसँग केही सल्लाहको कुरा लेखिदिन अनुरोध गर्न थाल्यो ।
फ्रेङ्कलिनले लेखे, ‘त्यो मानिस जो केही न केही गरिरहन्छ, उसले धेरै गल्तीहरू गरिरहन्छ । तर उसले सबैभन्दा ठूलो निकम्मा रहने गल्ती कहिल्यै गर्न सक्दैन ।
साभारः ‘प्रेरक प्रसङ्हरू’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२१
प्रतिक्रिया दिनुहोस्