अटलविहारी वाजपेयीका केही अमर वाणीहरु
१. साहित्यकारको हृदय दया, क्षमा, करुणा र प्रेमले भरिपूर्ण रहन्छ । त्यसैले ऊ रक्तको होली खेल्न सक्दैन ।
२. मेरो भाषणमा मेरो लेखक नै बोल्दछ तर यो होइन राजनेता मौन रहन्छ । मेरो लेखक र राजनेताको परस्पर समन्य नै मेरो भाषणमा अवतरित हुन्छ । यो आवश्यक छ कि राजनेताले लेखकसँग धेरै कुरा पाएको छ ।
३. साहित्यकारले आफूप्रति सत्य हुनुपर्दछ । उसले समाजका प्रतिको आफ्नो दायित्वलाई सही अर्थमा निर्वाह गर्नुपर्दछ । उसका तर्फ प्रामाणिक हुनुपर्दछ । उसको दृष्टि रचनात्मक हुनुपर्दछ । ऊ समसामयिक बाटोमा हिँडोस् तर भोलिको चिन्तन अवश्य गरोस् ।
४. निराशारुपी गहन–अन्धकारमा पनि हामीले आत्मगौरवले आफ्नो शिर अलि माथि उठाएर हेरौँ, विश्वको गगनमंडलमा हाम्रो कीर्तिका असंख्य दीपक बलिरहेका छन् ।
५. हरबखत हाम्रो धार्मिक र दार्शनिक विचारधाराको केन्द्रविन्दु व्यक्ति नै रहेको छ । हाम्रा धर्मग्रन्थ र महाकाव्यमा सधैँ यो सन्देश निहीत रहेको छ कि समस्त ब्रह्माण्ड र सृष्टिको मूलतत्व व्यक्ति र उसको सम्पूर्ण विकास हो ।
६. राष्ट्रशक्तिलाई अपमानित गर्नुको मूल्य रावणले आफ्ना दस शिरको रुपमा व्याज सहित चुकाउनुपर्याे । असुरको लंका भारतको पावन चरणमा भक्तिभावले भरिएर कुन्दकली झैँ सुशोभित भयो । धर्मको स्थापना भयो र अधर्मको नाश भयो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२१
प्रतिक्रिया दिनुहोस्