आज भारतसँग फाइनलमा भिड्दै नेपाल
काठमाडौंं–१७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा बेलुका सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले भारतको सामना गर्न लागेको हो।
सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ अन्तरले र नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएको थियो ।
नेपाली टीमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले मंगलबार प्रि–म्याच कन्फरेन्समा भारतविरुद्धको फाइनल खेल कठिन हुने बताए थिए। नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:४०
प्रतिक्रिया दिनुहोस्