Nic Ad Nic Ad
Nic Ad Nic Ad

भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी भर्ना

शुक्रबार, मंसिर ९, २०७९
नेपालगञ्ज–  बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी उपचारार्थ भर्ना भएका छन् । ती मध्ये बाँकेमा ८ जना र जिल्ला बाहिरका ११ जना रहेको भेरी अस्पतालले जनाएको छ । अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका पाँच जना, कोहलपुर नगरपालिकाका दुई जना र बैजनाथ गाउँपालिकाका एक जना डेंगुका बिरामी उपचाररत छन् । बाँकेमा देखिएका डेंगुका एक बिरामी नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्कका हुन् भने  सात जना काठमाडौँ, चितवन र बुटवलबाट प्रभावित भएर आएका हुन् । भेरीमा उपचार गराइरहेका जिल्ला बाहिरका दुई जना डेंगु प्रभावित बिरामीको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्