काठमाडौँ महानगरपालिकाविरुद्ध फुटपाथ तथा साना व्यवसायी भोलि आन्दोलन गर्ने
काठमाडौँ– काठमाडौँ महानगरपालिका विरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ ।
भोली बिहिबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुग्ने संघले जानकारी दिएको छ ।
महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै भोली महानगर विरुद्ध आन्दोलन गरिने भएको हो ।
विना सुचना साना व्यवसायी लाई विस्थापन गर्न खाजेको संघको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०७
प्रतिक्रिया दिनुहोस्