दशैँका लागि नयाँ नाेट साट्दै राष्ट्र बैंक (तस्वीरहरू)
काठमाडाैँ । हरेक वर्ष नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गरेर नोटहरु सटही गर्ने व्यवस्था मिलाएको हुन्छ । यस वर्ष पनि बडादशैँ, तिहार, छठ जस्ता विभिन्न चाडवाडलाई लक्षित गरेर १० अर्ब जति साना दरका नोटहरु छापिएको मुद्रा व्यवस्थापन शाखाका कार्यकारी अधिकृत नेपालको भनाइ छ ।
१८ हजार ५ सय रुपैयाँ सेवाग्राहीले साट्न चाहेको अवस्थामा रु ५ देखि १०० सम्मको एक/एक बण्डल दिन सजिलो हुने गरेको छ। एक व्यक्तिले राष्ट्र बैंकको क्यास सटहीँ काउन्टरमा लाइन लागेपछि बढीमा ५ मिनेटमा नोट साटेर फिर्ता भइसकेको हुन्छ ।
यस वर्षको चाडबाडका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था मिलाउने भएको छ। गत वर्षको दशैंमा ८ अर्ब बराबरको नयाँ नोट साटिँएको थियो । त्यसैलाई आधार मानेर यो वर्ष १० अर्बको प्रक्षपण बैंकले गरेको छ।
काठमाडौँ उपत्यकाको हकमा सर्वसाधारणका लागि आजैको दिन देखि राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट बाड्न थालिएको उनले बताए । नेपालका अनुसार भोलीदेखि राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकले नयाँ नोट कम्तिमा १० वटा शाखाहरुबाट साट्ने व्यवस्था मिलाउँदै छन्. भने अन्य कमर्सियल बैंकले चाहीँ असोज २ गतेदेखि नयाँ नोटहरु साट्ने काम गर्ने छन् । उनीहरुले काठमाडौँको हकमा ५ वटा शाखाहरुबाट वितरण गर्ने छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:५२
प्रतिक्रिया दिनुहोस्