Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाडपर्व लक्षित नयाँ नोट् सटही सुरु, यो वर्ष १० अर्बको नयाँ नोट बजारमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – राष्ट्र बैंकले आजदेखि नयाँ नोट साँट्ने व्यवस्था मिलाएको छ । मुद्रा व्यवस्थापन शाखाका कार्यकारी अधिकृत रेवती प्रसाद नेपालले भदौ २९ गतेदेखि राष्ट्र बैंकबाट नयाँ नोट साँट्ने व्यवस्था मिलाएको जानकारी दिए । क्यानडा नेपालसँगको कुराकानीमा नेपालले प्रति व्यक्तिका लागि १८ हजार ५ सयसम्मको नोट सटहीको व्यवस्था गरेको जानकारी दिए । उनले भने, ‘हामीले एक पटकमा १ जनाका लागि १८ हजार ५ सयको दरले नयाँ नोट साँट्न पाउने व्यवस्था मिलाएका छौं ।’ एक जना व्यक्ति राष्ट्र बैंकमा गएपछि जति पटक पनि नयाँ नोट साँट्न पाउँने उनको भनाई छ । उनले भने, ‘कुनै छेकबार छैन् । एक पटकमा १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाइन्छ । दुई पटक साँट्ने की, अझै बढी पटक साट्ने की त्यो व्यक्तिमा भर पर्ने कुरा हो।’ हरेक वर्ष नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गरेर नोटहरु सटही गर्ने व्यवस्था मिलाएको हुन्छ । यस वर्ष पनि बडादशैँ, तिहार, छठ जस्ता विभिन्न चाडवाडलाई लक्षित गरेर १० अर्ब जति साना दरका नोटहरु छापिएको मुद्रा व्यवस्थापन शाखाका कार्यकारी अधिकृत नेपालको भनाइ छ । उनले भने, ‘साना नोट भनेको रु ५ देखि १०० सम्मका नोटहरु भन्ने बुझिन्छ । जसमा ५, १०, २०, ५० र १०० का नोटहरु रहेका छन् ।’ १८ हजार ५ सय रुपैयाँ सेवाग्राहीले साट्न चाहेको अवस्थामा रु ५ देखि १०० सम्मको एक/एक बण्डल दिन सजिलो हुने गरेको छ। एक व्यक्तिले राष्ट्र बैंकको क्यास सटहीँ काउन्टरमा लाइन लागेपछि बढीमा ५ मिनेटमा नोट साटेर फिर्ता भइसकेको हुन्छ । ‘यो अनुरोध पनि हो । आग्रह पनि हो’ नेपालले थपे ‘हाम्रोमा पनि बढीमा ५ मिनेटमा नोट सटही भइसकेको छ। अन्य बैंकहरुले भोलीबाट साट्दै छन् । २ गतेदेखि कमर्सियल बैंकले पनि नोट दिन्छन् । आम सेवाग्राहीहरुले यस्ता आफूले साँट्न खोजेको नोट आरामसँग साटिन्छ । कही समस्या भयो भने हामीलाई भन्नु होला ।’ कति छ नयाँ नोट यस वर्षको चाडबाडका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था मिलाउने भएको छ। गत वर्षको दशैंमा ८ अर्ब बराबरको नयाँ नोट साटिँएको थियो । त्यसैलाई आधार मानेर यो वर्ष १० अर्बको प्रक्षपण बैंकले गरेको छ। ‘हाम्रो काम प्रक्षपण गर्ने हो’ नेपालले थपे, ‘बजारको माग कति हुन्छ भन्न अहिल्यै सकिँदैन । कति संख्यामा जनताहरु इच्छुक हुनुहुन्छ । कति खुलेर चाडवाड मनाउँछन्। उनीहरुको आम्दानीको स्रोत कस्तो छ । उनीहरुको हातमा कति पैसा छ भन्ने विषयले पनि कति नयाँ नोट खपत हुन्छ भन्ने थाहा हुन्छ। हामीले १० अर्बको प्रक्षपण गरेको हो।’ काठमाडौँ उपत्यकाको हकमा सर्वसाधारणका लागि आजैको दिन देखि राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट बाड्न थालिएको उनले बताए । नेपालका अनुसार भोलीदेखि राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकले नयाँ नोट कम्तिमा १० वटा शाखाहरुबाट साट्ने व्यवस्था मिलाउँदै छन्. भने अन्य कमर्सियल बैंकले चाहीँ असोज २ गतेदेखि नयाँ नोटहरु साट्ने काम गर्ने छन् । उनीहरुले काठमाडौँको हकमा ५ वटा शाखाहरुबाट वितरण गर्ने छन् । बैंक तथा वित्तीय संस्थालाई भदौका २२ गतेदेखि नै नोट सटहीकोलाई लागि नयाँ नोट दिइसकेको छ । ३ अर्ब ६० करोड रुपैयाँ बैंकले लिइसकेका छन् । जतन पूर्वक नोट चलाउन अनुरोध राष्ट्र बैंकले नोटहरु जतन पूर्वक चलाउन र डिजिटल दक्षिणा दिनका लागि सबैमा अनुरोध समेत गरेको छ । मुद्रा व्यवस्थापन शाखाका कार्यकारी अधिकृत नेपालले वर्षेनी देशको ढुकुटीबाट १० करोड बढी नयाँ नोट बनाउनमा खर्च भएको भन्दै नोट चलाउँदा जतन गरेर चलाउन सबैमा अनुरोध गरेका हुन् । उनले भने, ‘यहाँहरुको मिडियाबाट म अनुरोध गर्न चाहान्छु । नयाँ नोटहरुलाई जतन गरेर चलाउनु होला । हामीले हरेक वर्ष ४० देखि ४५ अर्ब नोटहरु धुल्याउने गरेका छौँ । त्यो नोटहरु पुन: छाप्नका लागि देशको ढुकुटीबाट १० करोड रुपैयाँ खर्च भएको हुन्छ । त्यसैले सकेसम्म डिजिटल दक्षिणा दिनुहुन अनुरोध गर्छु। नोट नै दिनु पर्‍यो भने पनि जतन गरेर दिन हुन अनुरोध छ ।’ बजारमा गएको नोटहरुमा ३० देखि ३५ प्रतिशत नोटहरु फोहोर हने बैंकको प्रक्षपण छ । यसअघिका वर्षहरुको अध्यन अनुसार कममा २५ प्रतिशत र धेरैमा ३५ प्रतिशत नोटहरु फोहोर भएको पाइएको नेपालले बताए । ‘१२ अर्ब जतिको नोटहरु बाहिर पठाएको अवस्थामा करिब ३ अर्बजति नोटहरु फोहोर हुन्छ । छपाई रहनका लागि १० करोड जति रुपैयाँ खर्च हुन्छ । यि नोटहरुलाई हिफाजत गर्न सकियो भने देशको नोक्सानी कम हुन्छ,’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२१
प्रतिक्रिया दिनुहोस्