'पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड' अमेरिकामा हुने
काठमाडौँ– ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा हुने भएको छ ।
नेपाल अमेरिका सम्बन्धको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा अक्टोबर १३,१४ र १५ मा अवार्ड आयोजना हुने भएको हो ।
अवार्ड कार्यक्रममा अक्टोबर १३ र १४ मा नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्धेश्यले फिल्म फेस्टिभल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तरक्रिया कार्यक्रम र १५ अक्टोबरमा अवार्ड वितरण कार्यक्रम हुने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
ुएटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनीुको सह प्रयोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल एल सीले संयुक्त रुपमा ‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।
अवार्ड कार्यक्रममा नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीलाई प्रोत्साहनसमेत गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।
नेपाललाई विदेशी चलचित्रकर्मीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने गोल्डेन स्टेट मुभी मेकरका यज्ञलाल श्रेष्ठले बताउनुभयो र सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी दिए ।
अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुलाइसमेत समावेश गराउने र नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको छ ।
अवार्ड र फिल्म फेस्टिभल लागि छनौट समिति गठन भईसकेको र अवार्डको सम्पूर्ण जानकारी प्रेस विज्ञप्तिमार्फत ल्याउने तथा नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा फिल्म फेस्टिभलमा समावेश हुने चलचित्रहरुको जानकारी केहि दिनमा गराउने अवार्डका नेपाल संयोजक मदु कुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १५:०२
प्रतिक्रिया दिनुहोस्