Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज दिउँसो राष्ट्रिय सभाको बैठक बस्दै

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–राष्ट्रिय सभाको बैठक आज (बिहीवार) दिउँसो २ः५९ मा बस्दैछ । आजको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको जानकारी गराउनेछन् । यो जानकारीपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल गरियोस्’ तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्