अवैध मोबाइलको प्रयोगमा आजदेखि प्रतिबन्ध लगाउँदै दूरसञ्चार प्राधिकरण
काठमाडौँ– आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्न लागेसँगै अवैध मोबाइलमा प्रतिबन्ध लाग्न लागेको हो ।
विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको जनाएको छ ।
आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्ने जनाएको छ ।
मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले एक सूचना जारी गरी जनाएको हो ।
आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट भने स्वत : एमडीएमएसमा दर्ता हुने छन् ।
अब मोबाइल किन्दा दर्ता भए नभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ ।अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको अनिर्वाय आईएमईआई दर्ता गर्नुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:४०
प्रतिक्रिया दिनुहोस्