तेन्जिङ र हिलारीले सगरमाथा आरोहण गरेकाे समाचार पाँच दिनसम्म किन गोप्य राखियाे
काठमाडौँ– सन् १९२२ मा सगरमाथा आरोहणको लागि अभियान सुरु भएको थियो । तर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको पहिलो सफल अभियान पूरा गर्न ३१ वर्ष लाग्यो।
तर, सन् १९५३ मे २९ मा न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेले सगरमाथा चढेको खबर बाँकी विश्वलाई थाहा भएको खबर पनि रोमान्चक छ ।
सबैभन्दा अचम्मको कुरा के छ भने यति ठूलो खबरलाई पाँच दिनसम्म गोप्य राखिएको थियो । उक्त खबर लण्डनमा महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको बिहानै मात्र घोषणा गरियो ।
आजको युगमा सायद यो कुरा कल्पना गर्न पनि सकिदैन । तर त्यतिबेला यो काम सहज थिएन । त्यसबेला द टाइम्सका संवाददाता जेम्स मोरिसले यसका लागि धेरै ठूलो भूमिका निभाएका थिए ।
रानी को लागि विशेष उपहार
मोरिस सगरमाथा आरोहण कभर गर्न आधिकारिक संवाददाता थिए। ब्रिटिश सरकारको आर्थिक सहयोगमा यो पूर्णतया ब्रिटिश सगरमाथा आरोहण थियो। यस अभियानको एउटा उद्देश्य रानीलाई उनको राज्याभिषेकको अवसरमा विशेष उपहार दिनु थियो। र त्यो विशेष उपहार सगरमाथा विजय को खबर थियो।
जेम्स मोरिसले सगरमाथा आरोहणको बारेमा 'कोरोनेसन एभरेस्ट' नामक पुस्तक लेखेका छन्। उक्त पुस्तकमा गोप्य राखिएको घटनाको बारेमा विस्तृत रूपमा उल्लेख गरेका छन्।
तेन्जिङ नोर्गेका छोरा जमलिङ तेन्जिङ आफै पनि पर्वतारोही हुन् र सगरमाथा आरोहण गरेका छन् । उनले बीबीसी बंगलालाई भने, सम्पूर्ण मामिला निकै गोप्य राखिएको थियो। बेलायतले रानीको राज्याभिषेकअघि युनियन ज्याक सगरमाथामा फहराइदिने चाहना थियो। यो एउटा अद्भुत उपहार थियो।
यद्यपि उनका बुबा बेलायतको राष्ट्रिय झण्डा मात्र नभई संयुक्त राष्ट्रसंघ, नेपाल र भारतको झण्डा फहराएर सगरमाथा पुगेका थिए ।
समाचार पठाउन हतार
जेम्स मोरिस मात्र नभई अन्य दुई वरिष्ठ पत्रकार पनि त्यसबेला नेपालको खुम्बु क्षेत्रमा सगरमाथा आरोहणको खबर पठाउन घुमिरहेका थिए ।
पर्वतारोहण इतिहासकार मार्क होरेलका अनुसार, यद्यपि जेम्स मोरिसलाई त्यो अभियान कभर गर्नको लागि विशेष रुपमा खटाइएको थियो । उनी सँगै डेली मेलका राल्फ इजार्ड र रोयटर्सका पिटर ज्याक्सन पनि त्यसबेला त्यहाँ शिविरमा थिए।
उनीहरु गाईडहरू र भरियाहरू राखेर अभियान कत्तिको अगाडि बढ्यो वा निराश भएर फर्किए जस्ता सबै जानकारीहरू जम्मा गर्न यता–उता घुमिरहेका थिए।
कुनै पनि आरोहणको अलिकति सफलता वा असफलतामा त्यो खबर सगरमाथा आधार शिविरबाट नै ‘धावक’ मार्फत तलको नाम्चे बजारमा पठाइने गरिन्थ्यो। नाम्चे बजारमा टेलिग्राफ थियो ।
प्रहरीको सेवामा रहेका तिवारी नामका एकजना सज्जन त्यही टेलिग्राफ अफिसमा सञ्चालकको रूपमा कार्यरत थिए । तर कुनै गोप्य खबर पठाएमा त्यो धावक वा तिवारीलाई सोधपुछ गर्दा खुलासा हुने खतरा थियो । यसबाहेक टेलिग्राफबाट पठाइएका सूचना जो कोहीले सुन्न सक्नेछन् ।
त्यसैले जेम्स मोरिसले गोप्य संहितामार्फत काठमाडौं हुँदै लन्डनमा अभियानको खबर पठाउने निर्णय गरे । जेम्स मोरिसबाहेक यो गोप्य कोड काठमाडौंस्थित ‘द टाइम्स’का अर्का पत्रकार आर्थर हचिन्सनलाई मात्र थाहा थियो। लन्डनमा समाचार पठाउनको लागि हचिन्सन जिम्मेवार थिए। तर, पछि अनिच्छुक भए पनि तिवारीले पनि यसबारे बताउनुपर्ने भयो ।
बनाइएको कोड शब्दहरूको सूची पजल जस्तै थियो। एडमन्ड हिलारीको सट्टा एडवान्स्ड बेस्ड एब्युडन्टु र तेन्जिङ नोर्गेलाई वेटिङ इम्प्रुभमेन्ट भनिने निर्णय गरियो। मौसम सुध्रिन्छ कि भनेर पर्खिएजस्तो लाग्थ्यो । यस्ता धेरै शब्द थिए ।
अर्कोतर्फ, लन्डनस्थित टाइम्सको सम्पादकीय टोलीलाई पनि सगरमाथा आरोहण गरेको अवस्थामा मात्रै यो कोड प्रयोग गरिने बताइएको छ । जेम्सले बाँकी समाचारहरू सरल शब्दहरूमा मात्र पठाउनेछन्।
हिलारी र तेन्जिङको सगरमाथा आरोहण सफल भएको भोलिपल्ट बेस क्याम्पमा बसेका जेम्स मोरिसले आफ्नो टाइपराइटरमा यस्तो सन्देश टाइप गर्नुको कारण यही थियो ।
‘ हिउँको अवस्था खराब हुनुको साथै मौसम सुधार हुने आशामा मानिसहरु कुरीरहेका छन् ।’
यो वाक्यलाई एक नजरमा पढ्दा अभियान रद्द भएको महसुस हुनु स्वाभाविक हो। तर यसको वास्तविक अर्थ थियो । २९ मेमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको चुचुरो जितेका छन् । सबै राम्रै चलिरहेको छ।
हिउँको अवस्था खराबु भनेको सगरमाथा आरोहण पूरा भएको हो।
यो सन्देश लिएर एक धावक नाम्चे बजारतिर दौडे । त्यहाँ तिवारीले आफ्नो रेडियोबाट काठमाडौंमा आर्थर हचिन्सनलाई पठाए। यो जानकारी हचिन्सनको माध्यमबाट सोही दिन दिउँसो लन्डनस्थित टाइम्सको कार्यालयमा पुग्यो।
भोलिपल्ट रोयटर्सका पिटर ज्याक्सनले जेम्स मोरिसलाई नाम्चे बजारमा भेटे। त्यसपछि मोरिसले बेलायती अभियान असफल भएको जस्तो नाटक गरे। अर्को वर्ष सगरमाथा आरोहणको अनुमति फ्रान्सले किनेको थियो। उनीहरूलाई औंल्याएर, मोरिसले भने, तपाईंलाई थाहा छ फ्रान्सेलीहरूले यो गर्छन्।
पिटर ज्याक्सनको मनमा अलिकति शंका थियो तर उनले साथीलाई केही भनेनन् ।
जुन २ को बिहान, द टाइम्स शीर्षक थियो–सगरमाथा विजय: हिलारी र तेन्जिङ शिखरमा शिखरमा पुगे ।
त्यसको ठीक छेउमा त्यो दिन रानीको राज्याभिषेक हुने खबर पनि आयो । जसमा राज्याभिषेकका लागि तोकिएको रुटमा हजारौं मानिसले लण्डनका सडकमा कसरी रात बिताएका छन् भन्ने जानकारी दिइएको थियो ।
जेम्स मोरिस त्यो दिन नाम्चे बजारबाट करिब छ माइल दक्षिणमा ओर्लिएका थिए। दूधकोशी नदीको छेउमा रहेको आफ्नो पालमा रेडियोमा बीबीसी राख्दै अन्तत: सगरमाथामा मानिसको खुट्टा खसेको सुने र महारानी एलिजाबेथलाई पनि अभिषेक हुनुअघि नै यो खुसीको खबर दिइएको थियो ।
त्यस दिन संवाददाताले पनि सगरमाथा विजयको खबर पहिलो पटक द टाइम्सबाट प्राप्त भएको बताए । यो खबर सुनेपछि जेम्सको अनुहार र आँखामा सन्तुष्टिको आनन्द फैलियो । उनले यो कुरा पछि ‘कोरोनेसन एभरेस्ट’ नामक पुस्तकमा लेखेका थिए ।
राज्याभिषेकको लागि तोकिएको बाटोमा हजारौं मानिसले लन्डनको सडकमा कसरी रात बिताए
यो समाचारले रानीको राज्याभिषेकको ऐतिहासिक क्षणलाई नयाँ उचाइ दिएको बेलायती सञ्चारमाध्यममा बताएका थिए । यो खबर चार–पाँच दिन लुकाएर राख्दा सार्थक भएको उनको भनाइ थियो ।
पत्रकार जेम्स मारिस एक ट्रान्सजेन्डर थिए। उनले पछि आफ्नो लिंग परिवर्तन गरी महिला बनिन् र जेन मोरिस नाम राखिन्। उनी ट्राभल लेखकका रूपमा पनि निकै चर्चित थिए । उनको नोभेम्बर २०२० मा ९४ वर्षको उमेरमा वेल्समा निधन भएको थियो ।
एडमन्ड हिलारीलाई सन् १९५३ मा सगरमाथा विजयको वर्षमा नाइटहुड प्रदान गरिएको थियो। उनको ८८ वर्षको उमेरमा न्यूजिल्याण्डको अकल्याण्डमा निधन भएको हो ।
उनका आजीवन साथी तेन्जिङ नोर्गे पछि भारतको दार्जिलिङमा बस्न थाले। उनको ७२ वर्षको उमेरमा ९ मे १९६८ मा मृत्यु भएको थियो ।
तेन्जिङका छोरा जमलिङ तेन्जिङ आफै पनि एक दक्ष पर्वतारोही हुन् र सगरमाथा आरोहण गरेका छन् ।
जामलिङले विश्व सगरमाथा दिवसको अवसरमा मे २९, २०१३ मा एलिजाबेथ द्वितीयलाई भेटेका थिए।
बेलायतको रोयल जियोग्राफिकल सोसाइटीले सगरमाथा आरोहणको ६०औँ वर्षगाँठको उपलक्ष्यमा त्यस वर्ष मे २९ मा लन्डनमा भव्य समारोहको आयोजना गरेको थियो। जसमा विश्वभरका चर्चित पर्वतारोहीहरुको सहभागिता रहेको थियो ।
एलिजाबेथ द्वितीय समारोहको प्रमुख अतिथि थिइन्। उक्त समारोहमा तेन्जिङ नोर्गेका छोरालाई पनि निमन्त्रणा गरिएको थियो ।
एलिजाबेथको सन्दर्भमा जामलिंग नोर्गेले बीबीसी बंगलालाई बताए उनी धेरै विनम्र र सम्मानित महिला थिइन्। निजी कुराकानीको क्रममा उनले मेरो बुबाको उल्लेख गरे र राज्याभिषेक दिवसको सम्झनाहरू व्यक्त गरेकी थिइन् ।
सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरल प्यालेसमा ९६ वर्षको उमेरमा रानीकाे पनि मृत्यु भयो ।
सबै तस्वीर बीबीसीबाट
बीबीसी हिन्दीमा प्रकाशित यो समाचारलाई एकराज बास्तोलाले भावानुवाद गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१३
प्रतिक्रिया दिनुहोस्