नेभिगेशन
सिएन ग्यालरी

काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यापारीको घेराउ तथा प्रदर्शन (तस्वीरहरु)

काठमाडौं– काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएपछि फुटपाथ व्यापारीले महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेका छन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार गरिएको प्रदर्शनमा उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका थिए ।  
प्रतिक्रिया दिनुहोस्