Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन दिन भारी वर्षाकाे सम्भावना, सुदूरपश्चिमका जिल्ला बाढीको जोखिममा

शुक्रबार, मंसिर ९, २०७९
बैतडी– वर्षाका कारण सुदूरपश्चिम प्रदेशका बैतडीसहित सात जिल्लाका नदीमा विहीबारदेखि तीन दिन पानीको जल सतह उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन सूचना जारी गरेको छ । विहीबारदेखि लगातार वर्षा हुने भएकाले तीन दिन महाकाली, सेती र कर्णाली नदीको जल सहत उल्लेख्य मात्रामा बढ्ने भन्दै बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाम जिल्लाका बासिन्दालाई सतर्कता अपनाउन सन्देश जारी गरिएको हो । बैतडीको पश्चिममा महाकाली र पूर्वमा सेती नदीसहित जिल्लाभित्र बग्ने सुर्नया र जमाडी नदीमा जल सतह बढ्ने भएकाले स्थानीय प्रशासनले सतर्क रहन अनुरोध गरेको छ । गत वर्ष कात्तिक पहिलो साता आएको सेतीको बाढीले बैतडीको सिगास गाउँपालिका –५, ढुङ्गाढ क्षेत्रमा पुल र घरखेत बगाउँदा १०३ घर परिवार विस्थापित भएको स्थानीय लोकबहादुर चन्दले बताए । चन्दले भने, “यो वर्ष पनि बाढीको त्रासले राम्रेसँग सुत्न पाएका छैनौं । ढुङ्गाढ क्षेत्रमा २०५८ जेठ २६ गते, २०६५, २०७० र २०७८ कात्तिक ४ गते गरी पटक–पटक आएको ठूलो बाढीले गाउँ तहननहस हुँदा पनि गतिलो तटबन्ध निर्माण भएको छैन ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३९
प्रतिक्रिया दिनुहोस्