Nic Ad Nic Ad
Nic Ad Nic Ad

पपुवा न्युगिनीमा भूकम्पबाट मृत्यु हुनेको संख्या दश पुग्यो

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन् । उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन । प्रधानमन्त्री जेम्स मारापेले शक्तिशाली भूकम्पपछि सतर्क रहन आग्रह गरेका छन् । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्