महाकालीको बहाव बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह
डडेल्धुरा– तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण डडेल्धुराको भित्री मधेस भएर बग्ने महाकाली नदीको बहाव निकै बढेको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जारी गरेको एक विज्ञप्ति मार्फत स्थानीय नागरिकहरूलाई बाढी पहिरोबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।
जिल्लाको भित्री मधेस क्षेत्र आलिताल गाउँपालिका र परशुराम नगरपालिका अन्तर्गतका महाकाली नदी लगायत ठुला खोलाहरूमा पानीको बहाव निकै बढेकाले सतर्कता अपनाउन हुन प्रशासनले सबैलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। जिल्लाका अधिकास कच्ची सडकमा बर्षातका कारण गाडीहरू बन्द भएपनि बाढीपहिराबाट कुनै अप्रिय घटना भने नभएको प्रशासनले जनाएको छ ।
लगातार भइरहेको वर्षाले महाकाली नदीको छेउ किनारमा बसिरहेका समुदायहरूलाई सर्तक रहन आग्रह गरिसकेको र स्थानीय तह र सुरक्षा निकायलाई हाईअर्लट रहन समेत परिपत्र गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२५
प्रतिक्रिया दिनुहोस्