Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग गठन

शुक्रबार, मंसिर ९, २०७९
टीकापुर – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग गठन गरेको छ । आयोगको रिक्त उपाध्यक्ष र सदस्य पदमा मनोनयन गरेर आयोग गठन गरेको हो । आयोगको रिक्त उपाध्यक्ष पदमा मोहनदेव विष्टलाई नियुक्त गरेको छ भने सदस्य पदमा प्रा.डा.जगबहादुरसिंह रावललाई नियुक्त गरेको छ । आज आयोगको कार्यालयमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष विष्टलाई मुख्यमन्त्रीले र सदस्य प्रा.डा.रावललाई उपाध्यक्ष विष्टले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रदेशको सुशासन दिगो विकास तथा समृद्धिका लागि आवधिक योजनाको तर्जुमा, कार्यान्वयन, सहजीकरण, अनुगमन मूल्याङ्कन गर्न, नीति अनुसन्धान र विकास गर्न, प्रदेश सरकारलाई सल्लाह सुझाव र सहयोग गर्न प्रदेश नीति तथा योजना आयोग गठन गर्ने व्यवस्था छ । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको एक उपाध्यक्ष, एक महिलासहित दुई जना सदस्य प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्