ॐ उच्चारणका यी हुन् चमत्कारिक लाभहरू
हिन्दु धर्ममा ॐ शब्दको धेरै महत्व छ । कुनै पनि मन्त्र, जप, पूजा, पाठ, यज्ञ वा हरेक धार्मिक कार्यमा ॐ शब्दको उच्चारण अनिवार्य छ ।
तर ॐ को महत्व यसका अलावा पनि हाम्रो दैनिक जीवनका कष्ट निवारणदेखि आत्मबल पैदा गर्नसम्म उपयोगी हुने विश्वास गरिन्छ । ॐ को उच्चारण गर्दा निम्न कुरामा लाभ हुने धार्मिक विश्वास र मान्यता छ ।
– ॐ को नियमित उच्चारणबाट पैदा हुने कम्पनले स्वरयन्त्रका साथै साइनसमा समेत प्रभाव पार्छ ।
– आत्तिने, डराउने वा त्रास महशुस हुने समस्या हुँदा आँखा बन्द गरेर ५ पटक गहिरो सास तान्दै ॐ को उच्चारण गर्ने हो भने नसोचेको फाइदा प्राप्त हुने धार्मिक विश्वास छ ।
– तनाव भएको बेलामा ॐ को उच्चारण गर्नु फाइदाजनक हुने विश्वास गरिन्छ ।
– ॐ को उच्चारण गर्दा शरीरको विषाक्त पदार्थ बाहिर निस्कने र शरीरमा कुनै टक्सिन बाँकी नरहने धार्मिक मान्यता छ ।
– ॐ को नियमित उच्चारणले रक्तप्रवाह सुचारू हुने, मुटुलाई स्वस्थ हुने विश्वास छ ।
– ॐ को नियमित उच्चारणले पाचन प्रणाली बलियो बनाउने विश्वास गरिन्छ ।
– ॐ को नित्य उच्चारण गर्दा शरीरमा युवावस्थाको जस्तो स्फूर्ति आइरहने मान्यता छ ।
– अनिद्राको समस्या हुनेहरूले सुत्नुअघि केहीबेर ॐ को उच्चारण गर्नु प्रभावकारी उपाय हुनसक्छ ।
– ॐ को नियमित उच्चारण गर्दा फोक्सो स्वस्थ रहन्छ ।
– सुखासन वा पद्मासनमा सीधा बसेर ॐ को उच्चारण गर्दा हुने कम्पनले मेरूदण्डको हड्डी मजबुत बनाउने विश्वास गरिन्छ ।
यी सबै कुराहरू धार्मिक मान्यता र विश्वासमा आधारित हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३५
प्रतिक्रिया दिनुहोस्