जोखिम मोलेरै सफल बनेका फ्रेड स्मिथ
२४ घण्टाभित्रै सामान डेलिभरी गरी सबै अफिसलाई सजिलो पार्ने आइडियामा फ्रेड स्मिथ ठोकिए । यस अभूतपूर्व विचारलाई व्यवहारमा ल्याउन उनले सारा सम्पत्ति दाउमा लगाए । पाँच वर्षसम्म उनी आफ्नो व्यवसायमा डुब्दाडुब्दै बाँचिरहे ।
एकपटक त कर्मचारीहरूलाई तलबसमेत दिन नसकी कम्पनी बन्दै गर्नुपर्ने स्थिति आएको थियो । त्यसबेला उनले लसभेगास गई जुवा खेलेर जितेर ल्याएको पैसा कर्मचारीलाई दिएर पनि आफ्नो कम्पनी जोगाइराखे ।
जुन कम्पनी यत्रो वर्षसम्म टिकाउन गाह्रो प¥यो, आज त्यो कम्पनी फ्रेडरल एक्सप्रेस एक चमत्कार साबित भएको छ । यो बीसौं शताब्दीकै महान् उद्यमी गाथा हो । पाँच वर्षको धैर्यपूर्वक प्रतिक्षापछि उनको कम्पनी दश अरब डलरभन्दा बढी कमाउन सफल भएको छ ।
साभारः ‘नव सफलता शास्त्र’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१२
प्रतिक्रिया दिनुहोस्