भूँडीवालहरूको भूँडी घटाउने अचुक उपाय
खानाको थालबाट अर्काे गाँस तबसम्म नउठाउनुहोस्, जबसम्म तपाईंको मुखको गाँस राम्ररी चबाइएर निलिएको हुँदैन । पहिलो गाँस ननिलिँदै हात या चम्चामा अर्काे गाँस तयार गरिसक्नुहुन्छ भने तपाईं अस्वस्थकर गतिमा खाना खाँदै हुनुहुन्छ र उचित मात्राभन्दा धेरै खाँदै हुनुहुन्छ ।
छिटोछिटो खाने बानीले पक्कै पनि चाहिनेभन्दा बढी खाइन्छ किनकि पेटबाट अघाएको सूचना प्राप्त गर्न मस्तिष्कलाई कम्तीमा २० मिनेट लाग्छ । १० मिनेटभन्दा अगाडि खाइसक्नु भनेको बेसुरमा खानु र छद्मतृप्ति महसुस गर्नु हो । त्यसैले, बिहानबेलुकाको खानालाई कम्तिमा १५–२० मिनेट खर्च नै पर्दछ ।
थोरै मेहनत र सानो प्रयासले भूँडी घटाउन चाहनुहुन्छ भने आयुर्वेद विज्ञानका इन्साइक्लोपेडिया मानिने आयुर्वेदज्ञ राजीव दीक्षितको सुझाव सजिलो छ । उहाँको भनाइमा पेटमा जति अधिक मात्रामा क्षार तत्व पुर्याइन्छ, त्यति नै मात्रामा शरीरको अनावश्यक बोसो, मासु, र मलविकार बाहिर निकाल्न सकिन्छ । दैनिक खानपिनबाट तपाईंले प्राप्त गर्ने क्षारीय तत्वको मात्रा आजभोलि निकै कम भएको छ । त्यसले शरीरको अत्यावश्यक मागलाई त पूरा गर्न सक्दैन, मोटोपन घटाउने काम कसरी गर्ला ?
यस विषम परिस्थितिमा तपाईंका लागि एउटा निकै सजिलो उपाय छ । त्यो के हो भने रातको समयमा मुखमा उत्पन्न हुने क्षारीय र्याललाई बिहान उठ्नेबित्तिकै पानी पिएर पानीसँगै पेटमा पुर्याउने । आयुर्वेदज्ञ दीक्षितका अनुसार बिहान उठेपछि हलुका मन तातो पानी मुखमा एक घुट्की राख्नुहोस् र मुखभित्रको र्याल पखालिने गरी कुल्ला गरेजस्तै चलाउनुहोस् र घुटुक्क निल्नुहोस् ।
दशपन्ध्र पटक यसरी मुखको सबै र्याल पानीसँग निलेर पेटमा पुर्याउनुपर्छ । त्यो र्याल सबैभन्दा उत्तम क्षार हो । कम्तीमा ३०–४० दिन नियमित रुपमा यसो गर्दै जानुभयो भने निश्चित रुपमा शरीरको अनावश्यक तौल र बढेको पेटलाई घटाउन सकिन्छ ।
साभारः ‘स्वास्थ्य खबरपत्रिका’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०२
प्रतिक्रिया दिनुहोस्