Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनको कृषि निर्यात ३० लाख टनभन्दा बढी

बिहीबार, मंसिर ८, २०७९
कीभ– युक्रेनको पूर्वाधार मन्त्रालयले बिहीबार एक प्रमुख खाद्यान्न सम्झौताअन्तर्गत युक्रेनको कृषि निर्यात ३० लाख टन नाघेको जनाएको छ । अगस्ट १ देखि यो सम्झौता लागू भएयता ३३ लाख ३० हजार टन खाद्यान्न बोकेका १४५ जहाजले युक्रेनी ‘ब्ल्याक सी’ बन्दरगाहबाट एसिया, युरोप र अफ्रिकी मुलुकका लागि प्रस्थान गरेको मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । बिहीबार मात्रै ओडेसा र चोर्नोमोस्र्क बन्दरगाहबाट अन्न बोकेका नौ वटा जहाज छुटेका छन् भने थप दुई जहाज पिभडेनीको बन्दरगाहबाट बाहिरिने तयारीमा छन् । जुलाई २२ मा युक्रेन र रूसले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग युक्रेनी बन्दरगाहबाट ब्ल्याक सी हुँदै अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न र मल ढुवानी पुन: सुरु गर्न छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर गरेका थिए । रुस–युक्रेन द्वन्द्व सुरु भएपछि अवरूद्ध ढुवानी सेवा सम्झौतापछि अन्न बोक्ने पहिलो मालवाहक जहाज ओडेसाबाट लेबनानको त्रिपोली बन्दरगाहका लागि अगस्ट १ मा प्रस्थान गरेको थियो । रासस र सिन्ह्वा ाबअभदययप कजबचष्लन दगततयलक्जबचभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्