Nic Ad Nic Ad
Nic Ad Nic Ad

गलतलाई भोट हालेर देश बिग्रियो : अध्यक्ष लिङदेन

शुक्रबार, मंसिर ९, २०७९
पशुपतिनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतालाई भोट हालेर देश विगार्ने काम जनताले नै गरिरहेको बताएका छन् । बिहीबार इलाममा पार्टीले आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेताले मात्र देश बिगारेको नभई नेतालाई भोट हाल्ने जनता पनि दोसी रहेको उनले आरोप लगाए । उनले भने ‘नेतालाई मात्र चोर भनेर हुन्छ ? यो काम बिगार्न तपाईहरुको पनि सहयोग गरिरहनुभएको छ ।’ परम्परागत रुपमा पुर्खाले जुन पार्टीलाई भोट हाल्न लगाएका थिए, युवा पुस्ताले पनि त्यही दललाई भोट दिएर देश नबनेको उनको टिप्पणी छ । ठूला दलबाटै बढी भ्रष्टाचार हुनेगरेकाले देशको विकास नभएको उनले आरोप लगाए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्