Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाअभियोग समितिले जबरालाई पुन: बयानका लागि बोलायो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुन: बयानका लागि बोलाएको छ । पूरक प्रश्न सोध्न शुक्रबार विहान ९ बजे उनलाई बोलाइएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । समितिले बिहीबार यसअघिको बयानका क्रममा चोलेन्द्रले नाम लिएका कानुन व्यवसायीसँग छलफल गरेको थियो । छलफलका क्रममा कानुन व्यवसायीले उनीमाथि गम्भीर प्रश्नहरु खडा गरेपछि पुन: बयानका लागि चोलेन्द्रलाई बलाइएको हो । समितिसँगको छलफलमा कानुन व्यासायीहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले पैसोमा बिकेर गम्भीर प्रकृतिका मुद्दामा पीडकको पक्षमा फैसला गरेको, आफूहरुविरुद्ध अनेक पटकथा रचेको, निच स्तरको ठानेर बदनाम गरेको जस्ता आरोप लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्