नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेट
काठमाडौं– नेपाली सेनाले २ सय २९ अधिकृत क्याडेट (सहायक सेनानी) को माग गरेको छ । उसले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो ।
जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ ।
बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरिक रुपमा अशक्त ज्यान गुमाएका सेनाका सन्ततीका लागि छुट्याइएको छ ।
सेनाका अनुसार असोज ३० गतेसम्म समयसीमा तोकिएको भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०२
प्रतिक्रिया दिनुहोस्