Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वेली रियल स्टेट कम्पनी सञ्चालनमा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ । झापाको दमक वडा नं. ५ मा रहेको कर कार्यालय छेउमा पूर्वली रियल स्टेट कम्पनीकाे बिहीबार उद्घाटन भएको हो । बिहीबारदेखि सेवा आरम्भ गरेको कम्पनीको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका हुन् । कम्पनीका प्रवन्ध निर्देशक त्रिलोचन आचार्यका अनुसार पूर्वेली रियल स्टेट कम्पनीले घर जग्गाको कारोबारमा सहजता प्रदान गर्ने छ । नेपालमा अव्यवस्थित रुपमा घरजग्गा खरिदविक्री, घर निर्माण, पसलहरुको खरिदविक्री नभइरहेको अवस्थामा पूर्वेली रियल स्टेटले कम्पनीले व्यवस्थित रुपमा घरजग्गा खरिद विक्रीको कार्य गर्ने गराउने उद्देश्य लिएको प्रवन्ध निर्देशक आचार्यले जानकारी दिए । काठमाडौँमा अवैध संरचनामा डोजर चलेका छन् । तर, पूर्वेली रियल स्टेट कम्पनीमार्फत खरिद विक्री भएका घर जग्गामा त्यस्तो समस्या नआउने कम्पनीको विश्वास छ । कम्पनीले अनलाइन मार्फत सेवाग्राहीलाई सेवा दिने उद्देश्य लिएको छ। प्रविधिको जमानामा प्रविधिमैत्रि सेवा कम्पनीले दिने भएको हो । वेब सइटमार्फत विक्रीका लागि घर जग्गाहरु राखेको कम्पनीले भविष्यमा कुनै प्रकारको समस्या आफ्नो सेवाग्राहीलाई नहोस् भन्ने गरी काम गर्ने बताएको छ। अहिले राजश्वसमेत चुहावट भएको छ । सरकारले पनि संस्थागत मात्र जग्गाको कारोबार गर्ने नीति अघि सारेका बेला पूर्वेली रियल स्टेटले चुहावट हुने राजश्व पनि रोक्न मद्दत गर्ने छ । प्रवन्ध निर्देशक आचार्यका अनुसार नेपालमै रियल स्टेटको बजारमा पहिलो हुने गरी व्यवस्थित कारोबार गरिने जानकारी दिए । रियल स्टेट कम्पनीको उद्घाटन समारोहमा नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईँ, वडा अध्यक्ष, मालपोत कार्यालयका प्रमुख, दमक नापी कार्यालयका प्रमुख र सबै बैंकका दमक शाखाका प्रमुखको उपस्थिति रहेको थियो । मालपोत, नापी र बैंक पनि जग्गा कारोबारको अंग भएकाले कम्पनीलाई शुभकामना दिँदै उनीहरुले पारदर्शी कारोबारका लागि आग्रह समेत गरेका थिए । पछिल्लो समय सरकारले जग्गा वर्गिकरण गर्न नसकेका कारण कारोबार रोकिएको छ भने राजश्वमा पनि कमी भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:५०
प्रतिक्रिया दिनुहोस्