Nic Ad Nic Ad
Nic Ad Nic Ad

डा.केसीको मागप्रति हामी गम्भीर छौं : स्वास्थ्य राज्यमन्त्री

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा गोविन्द केसीको मागप्रति गम्भीर भएको बताएका छन् । स्वास्थ्य राज्यमन्त्री केसीले अभियन्ता डा केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘‘डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं ।’’ तोकिएको दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड सङ्ख्याअनुसार बढाइनुपर्ने, जनसङ्ख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राख्दै डा केसी अनसनरत छन् । संविधानले सबैका लागि नि:शुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूचीअनुसारका सबै नि:शुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने डा केसीको माग छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:००
प्रतिक्रिया दिनुहोस्