एमालेका सांसदहरूलाई गाउँ जान निर्देशन
काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरूलाई अब गाउँ घर जान निर्देशन दिएका छन् ।
नेकपा एमाले संसदीय दलको आज बसेको बैठकमा अध्यक्ष ओलीले अब संसद्को बैठक नबस्ने हुनाले गाउँ जान र मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले संसद्को पाँच वर्षे कार्यकालको समीक्षा गर्दै पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:५०
प्रतिक्रिया दिनुहोस्