एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौँ– नेकपा एमाले शनिबारका लागि केन्द्रीय सचिवालय बैठक बस्दैछ ।
दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको सूची तय गर्नेबारे छलफल हुने बताइएको छ ।
असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले सोअघि नै सूची तयार गर्नुपर्ने दवाव एमालेमाथि छ । यस्तै अन्य दलहरु पनि समानुपातिकको सूची तय गर्न व्यस्त छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३८
प्रतिक्रिया दिनुहोस्