अब एकैछिन हासौँ
फजुल खर्च
एउटा कन्जुस पतिले आफ्नी श्रीमतीलाई भन्यो, तिमी फजुल खर्च धेरै गर्छाै । भगवानले नसुनून्, यदि मलाई केही भइहाल्यो भने तँलाई भीख मागेर खान पर्ला ।
कन्जुस पतिको कुरा सुनेर पत्नीले भनी, तपाईं यसको चिन्ता नगर्नुस् । तपाईंसँग माग्दा–माग्दा मलाई अब माग्नेको बानी बसिसक्यो ।
कम देख्थ्यो
एउटा बिरामीले आँखा ज्यादै कम देख्यो । एउटा पनि अक्षर पढाउन नसकेर डाक्टरले हार मानेर बिरामीको आँखा अगाडि नै एउटा कचौरा राखेर सोध्यो, यसमा के छ तिमीले देख्छौ ?
बिरामीले भन्यो— हजुर देख्छु । डाक्टरले सोध्यो— के छ त कचौरामा ? बिरामीले भन्यो— ठीकसँग त भन्न सक्दिन डाक्टरसाब, २५ पैसा हो कि १ रुपैयाँ कति हो कुन्नि ।
साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३७
प्रतिक्रिया दिनुहोस्