अछाममा पहिरोमा परेर २ जनाको मृत्यु
काठमाडौँ– अछामको विभिन्न स्थानमा वर्षासँगै आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।
लगातारको वर्षाका कारण कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा ठूलो जनधनको क्षति भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोले तुर्माखाँद गाउँपालिका–५ नारामा मात्रै दुई घर पुरिएका छन् ।
जसमध्ये एक घरमा ९ जना रहेकोमा २ जनाको शव स्थानीयले निकालेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी मिनराज आचार्यले बताए।
हाँले घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि पूरा विवरण आउन बाँकी रहेको जानकारी दिए । कमलबजार – ६ मा पनि पहिरोले घर पुरिएको र त्यहाँ रहेकाको उद्धार कार्यका लागि टोली घटनास्थल पुगेको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३७
प्रतिक्रिया दिनुहोस्