नेभिगेशन
जीवनयापन

६ वर्षमा पनि संविधानले सबै नागरिकको स्वामित्व लिन सकेन : यादव

काठमाडौं–जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान घोषणा भएको ६ वर्ष बितिसक्दा पनि देशका सबै नागरिकले यसको स्वामित्व लिन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको अन्तिम बैठकमा उनले संविधान जारी गर्ने बेला मधेशी समुदायलाई बहिस्कार गरे पनि पछि संसोधनमार्फत यो समुदायलाई समेट्ने आशा लिएको तर पूरा नभएको बताए । यसकारण मदेशी समुदायले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा लिँदै आएको उनले बताए । यो सदनमा जबरजस्ती ‘फास्ट ट्रयाक’को संविधान पुनरावलोकन गर्न कसैले नखोजेको उनले बताए । ‘बरु पटक पटक संदन बिघटन गर्न खोजियो, संसद विघटनको रेकर्ड बन्यो । खारेजीको चरणमा पुगेको लोकतन्त्रलाई पाँच दलीय गठबन्धनले लिकमा ल्यायो । तर, मधेशी समुदायलाई अनागरिक हुने चरणबाट उठाएन,’ उनले भने । यद्यपि, संघीयता कार्यान्वयनका लागि सदनले केही ऐन बनाउनुका साथै स्थानीय तह निर्वाचन गराएको उनले बताए । यी काम हुँदाहुँदै पनि अझै केन्द्रीय एकात्मक शासन रहिरहेको उनको भनाइ छ । उनले भने ‘संघीयतातर्फका बाटोमा एक कदम सारिएको छैन । संघीयता धरापमा पर्ने हो की भन्ने आशंका छ ।’ उनले नागरिकता विधेयकको विवादले संसदको औचित्य नै समाप्त हुन खोजेको हो की भनेर अशंका गरे । उनले भने, ‘दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएर संसदीय मर्यादाको खिल्ली उडाइयो ।’ यस्तै, लोकतन्त्र र संघीयता बचाउन विभिन्न पटक विभिन्न समुदायले आन्दोलन गरे तर, सरकारले तिनीहरुलाई पक्रेर उल्टै बन्दी बनाएको आरोप उनले लगाए । उनीहरुलाई तत्काल रिहा गर्न उनको माग छ । मधेश अन्दोलन र अन्य आन्दोलनबारे अध्ययन गर्न सरकारले गठन गरेको लाल आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरेका छन् । साथै, सदनमा उनले संविधानअनुसार नेपालमा स्वायत्त क्षेत्र कहाँ छ ? भनेर प्रश्न गरे । उनले स्वायत्त क्षेत्र खोज्न कहाँ जाने ? प्रश्न गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै