तस्वीरमा हेरौँ दशैंको लागि अग्रिम टिकट बुकिङकाे चहलपहल
काठमाडौं– दशैंलाई लक्षित गरी आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ । तर, अग्रिम टिकट बुकिङ खुलाएको पहिलो दिन काठमाडौं, गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिन आउनेहरूको चहलपहल अघिल्लो वर्षभन्दा अलिक कम देखिएको छ ।
अग्रिम टिकट बुकिङ गर्न आउनेहरू अघिल्ला वर्षहरूभन्दा ह्वात्तै घटेको नयाँ बसपार्कको टिकट काउन्टरमा खटिएका कर्मचारीहरू बताउँछन् ।
बिग्रिएका सडक, हवाई यात्रामा बढ्दो पहुँचलगायत कारण अग्रिम टिकट बुकिङ गर्न आउनेहरू घटेको हो । ‘पछिल्लो समय निजी गाडीमा ओहोरदोहोर गर्ने बढेको र दोहोरो घर भएकाले पनि अग्रिम टिकट बुकिङ गर्नेहरू कम आएको हुन सक्ने व्यवसायीको भनाई छ ।
यातायात व्यवस्था विभागले नयाँ बसपार्कसँगै सुनधारा बस काउन्टरबाट दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न सकिने जनाएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।
दशैंका लागि उपत्यकाबाट ५ लाखभन्दा बढी मानिस बाहिरिने गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३३
प्रतिक्रिया दिनुहोस्