Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय समितिद्वारा चोलेन्द्रलाई महाभियोग लगाउन सिफारिस

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन सिफारिस गरेको छ। शनिबार बसेको समितिको बैठकले राणालाई महाभियोग लगाउन सिफारिस गर्ने निर्णय गरेको हो। राणालाई महाभियोग सिफारिस गर्ने निर्णयविरुद्ध नेकपा एमालेका सांसदहरुले भने फरक मत राखेका छन्। एमालेले ८ बुँदे फरक मत राखेको हो। एमाले सांसद विष्णु पौडेलले आफूहरुको फरक मत समितिको प्रतिवेदनको अभिन्न अंग बनेर रहने बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:२३
प्रतिक्रिया दिनुहोस्