Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्यादीमा आकर्षण बढ्दो: अल्पकालीन रोजगारीमा पनि खुसी 

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं – काभ्रे घर भई काठमाडौँ बस्दै आएका सन्तोष पौडेल आगामी मंसिर चार गतेका लागि तय गरिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षार्थको माग गरिएपछि शुक्रबार बिहानै जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पुगे ।

रोजगारीको अभाव र राजनीतिक दलप्रतिको अविश्वासका कारण उनले विगत पाचँजना निर्वाचन यता म्यादी प्रहरीका रुपमा काम गर्दै आएको अनुभव सुनाए ।

उनले गाउँमा गएर भोट हाल्न भन्दा निर्वाचनभरि म्यादी प्रहरी भएर देश र जनतालाई सुरक्षा दिन पाउँदा आफूलाई गर्व हुने बताए । 

उनले भने—“ पहिलो कुरा त बेरोजगारी नै हो । दोस्रो कुरा मेरो व्यक्तिगत अनुभव चाहिँ म्यादी प्रहरीमा पाचौँ पटक हो । अब निर्वाचनमा राजनीतिक दलसँग लागेर उनीहरूलाई मत हालेर हामीलाई केही हुनेवाला छैन, यो देशको अवस्था हेर्दा खेरि ।

त्यसैले बरु निर्वाचनमा प्रत्यक्ष म्यादी प्रहरी भएर पनि उपस्थित हुन पाउँदा जे होस, देशको लागि केही गरेको अनुभुति हुन्छ । अब राजनीतिक दललाई भोट हालेर हाम्रो अवस्थामा केही परिवर्तन आएन । खाली व्यवस्थामा मात्रै परिवर्तन आयो । त्यसैले मलाई यो भोट हाल्न भन्दा पनि म्यादी प्रहरीमा गएर देशको लागि सेवा गर्न नै गर्व लाग्छ । ” 

सन्तोष पौडेल जस्तै सर्लाही गर भई काठमाडौंमा बस्दै आएकी २६ वर्षीय सनी चौधरीले पनि ४० दिनकै लागि भए पनि रोजगारी पाइने आशाले म्यादी प्रहरीमा आवेदन दिएकी छन । रोजगारीको खोजीमा काठमाडौंमा भौतारिरहेका बेला नेपाल प्रहरीले एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि भर्ना खुलायो । त्यसपछि उनले थोरै आम्दानी हुने आशा बोकेर म्यादी प्रहरीका लागि आवेदन दिइन् । 

म्यादी प्रहरीमा आवेदन दिएपछि उनले भनिन् “यो अब कति मान्छेको रोजगार छैन । धेरै मानिसहरू बेरोजगारी छन । अर्को कुरा भनेको निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरिसकेको सर्टिफिकेट पाइसकेपछि धेरै कुराको लागि सहज हुन्छ भनेर पनि मैले म्यादी प्रहरीमा आवेदन दिएकी हुँ ।”

दार्चुलाबाट काठमाडौंमा रोजगारी खोज्दै आएका ४६ वर्षीय हरकसिंह धामीको व्यथा पनि अन्य युवाको जस्तै छ । उनी पनि रोजगारीको खोजीमा हिँड्दा हिँड्दै म्यादी प्रहरीमा जागिर खुला गरिएको भन्ने समाचार सुने । त्यस पछि उनी आवेदन खुला गरिएको भोलिपल्टै टेकु पुगेर आवश्यक कागजात सहित आवेदन दिए । 

देशभर म्यादी प्रहरीमा आकर्षण बढेका बेला उनले भने यो आकर्षण भन्दा पनि बाध्यता भएको बताए । उनले भने—“यो आकर्षण भन्दा पनि बढी बेरोजगारीका कारण भएको हो । नेपालमा धेरै बेरोजगारी छन् । देशमा कतै रोजगार छैन । बेरोजगारीकै कारण थोरै समयका लागि भए पनि रोजगारी पाइने आशामा यहाँ आएको हुँ । जागिर पाएँ भने केही समयका लागि भए पनि परिवारका लागि राहत हुने थियो । ”

उनीहरू प्रतिनिधि पात्र मात्रै हुन । देशमा भएको बेरोजगारीका कारण हजारौं युवाले थोरै समयका लागि भए पनि रोजगारी पाइने आशाले म्यादी प्रहरीमा आवेदन दिएका छन । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकोले दरखास्त दिन पाउने भन्दै नेपाल प्रहरीले भदौ ३० गते देखि असोज ६ गते सम्मका लागि म्यादी प्रहरीका लागि आवेदन दिन सूचना जारी गरेको हो । 

सोही सूचनाका आधारमा प्रहरीले विहिबार देखि देशभरबाट भर्नाका लागि दरखास्त लिने काम गरिरहेको छ । अहिले देशका सबै जसो जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा आवेदन दिनेहरुको भिड लागेको छ । देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिएका छन ।

आवेदन दिनेहरु राजनीतिक दलको सदस्य नभएको, शारीरीक रुपले स्वस्थ भएको, गर्भवती नभएको, आतंककारी संगठनको सदस्य नभएको, र फौजदारी अभियोगमा सजाय नपाएको हुनु पर्ने प्रहरीले बताएको छ ।  

जम्मा ४० दिनको लागि तलब भत्ता, खाजा खर्च लगाएत एकमुष्ट ५० हजार १ सय ६० रुपैेंया पाउँने म्यादी प्रहरीका लागि यो तहको आकर्षण देखिनुले देशमा बेरोजगारीको अवस्था कस्तो रहेछ भन्ने कुराको पुष्टि गरेको छ । भदौ ३० गते देखि असोज ६ गते सम्मका लागि आवेदन आवहान गरिए पनि, पहिलो दिन विहिबार नै देशभरबाट २८ हजार ८ सय ८० जनाले आवेदन दिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले भने“ म्यादी प्रहरीका लागि विहिबार देखि आवेदन दिन सकिने व्यवस्था गरेका हौं । जस अनुसार पहिलो दिनमै २८ हजार ८ सय ८० जनाले आवदेन दिएका छन । अब असोज ६ गते सम्म कतिले दिन्छन, त्यसकै आधारमा हामीले १ लाख १५ हजार जनालाई मात्रै छनोट गर्नेछौं । ”

एकै दिन २८ हजार भन्दा बढीले म्यादी प्रहरीका लागि आवेदन दिए पनि प्रहरीले देशभर बाट जम्मा एक लाख पन्ध्र हजार जनालाई मात्रै भर्ना लिने जनाएको छ । असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु भई असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने नेपाल प्रहरीले जनाएको छ । 

म्यादी प्रहरी छनोटका लागि २०७४ सालमा सम्पन भएका स्थानीय र संघीय निर्वाचान अथवा वैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा काम गरेकाहरुलाई पहिलो प्राथामिकता दिइने जनाइएको छ । यस्तै नेपाली सेना, शशत्र प्रहरी बल, नेपाल प्रहरी, पूर्व वन रक्षकहरु र विदेशी मित्र राष्ट्रका सुरक्षानिकायमा काम गरेका नेपाली नागरिकहरुलाई पनि प्रार्थमिकता दिने प्रहरीको भनाई छ ।

म्यादी प्रहरीका लागि नेपाल प्रहरीले सात अर्ब ९० लाख ९० हजार १ सय ६० रुपैयाको माग गरेको भए पनि पाचँ अर्ब ४६ करोड ३९ लाख ५० हजार रुपैंया मात्रै प्राप्त भएको प्रहरीले जनाएको छ । परिवारको दैनिक गुजारा टार्न हरेक दिन १५ सायको हारहारीमा विदेशीनेको संख्या पनि उत्तीकै छ । परिवारको दुई छाक टार्नकै लागि अहिले पचास लाख भन्दा बढी नेपाली नागरिक वैदेशीक रोजगारीको शिलशिलामा विदेशीएका छन । 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०१
प्रतिक्रिया दिनुहोस्