Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभरका ५०० उच्च अतिथि महारानीको अन्तेष्टिमा सहभागी हुँदै

शुक्रबार, मंसिर ९, २०७९
वासिंगटन अमेरिकी राष्ट्रपति जो बाइडेन महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिअघि लन्डन पुगेका छन् । महारानीको अन्तेष्टिमा सहभागी हुन आउने करिब ५०० राष्ट्र प्रमुखहरू र विदेशी विशिष्ट व्यक्तिमध्ये बाइडेन पनि हुन् । यसअघि क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्रीहरु यसअघि नै बेलायतमा छन् । साउदी युवराज मोहमद बिन सलमानलगायतका केही अतिथिलाई बोलाइएको विषयमा विवाद बढेको छ । अन्तेष्टि समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र भारतीय राष्ट्रपति दौपदी मुर्मु सहभागी हुनेछिन् । त्यस्तै, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयर र इटालीका राष्ट्रपति सर्जियो माटारेला पनि सहभागी हुने अपेक्षा गरिएको छ । नेपालबाट परराष्ट्र मन्त्री डा. नारायण खडका सहभागी भएका छन् ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्