Nic Ad Nic Ad
Nic Ad Nic Ad

असोज १ गतेदेखि बैंकको ब्याजदर वृद्धि, कुन बैंकको कति ?  

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं –  असोज १ गतेदेखि बैंकको ब्याजदर वृद्धि भएको छ । नेपाल बैकर्स संघको बिहीबार बसेको बैठकले ६ महिनादेखि कायम भद्र सहमति खारेज गरेर ब्याजदर खुला छोड्ने निर्णय गरेसँगै बैंकहरूले ब्याजदर बढाउने सूचना जारी गरेका हुन् । यसअघि निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याज दिन पाउने सहमति भएको थियो । यद्यपि ब्याजदर बढाउने भन्दैमा धेरै ब्याज भने बढाउन नपाइने उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले पनि अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्रै ब्याजदर थप गर्न पाउने उल्लेख गरेको छ ।  राष्ट्र बैंकको निर्देशन अनुसार रेमिट्यान्समा भने थप न्यूनतम एक प्रतिशत ब्याजदर दिनुपर्ने हुन्छ ।  राष्ट्र बैंक नियमन विभागले जारी गरेको एकिकृत निर्देशनमा–२०७८ मा वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्ने जनाइएकोछ ।   सोही अनुरूप सबै वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर औसत १० प्रतिशतले बढाएका हुन् ।   कुन बैंकको कति ?  प्रभु बैंक प्रभु बैंकले जारी गरेको नयाँ ब्याजदरमा ३ महिना वा सो भन्दा बढीका लागि प्रभु उन्नती मुद्दती निक्षेपमा सबैभन्दा बढी १५ प्रतिशतभन्दा बढी दिने भएको छ । बैंकले १५ दशमलव १३ प्रतिशत ब्याज पाइने उल्लेख गरेको छ । जस अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज पाइनेछ । बचतमा भने  ७ दशमलव १३ देखि १० दशमलव १३ प्रतिशतसम्म ब्याज पाइने छ ।  कृषि विकास बैंक कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७ दशमलव १३ देखि ८ दशमलव १५ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ भने । रेमिट्यान्स मुद्दती निक्षेपमा १३ दशमलव १३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७ दशमलव १३ देखि १० दशमलव १३ प्रतिशतसम्म ब्याज पाइने छ ।  नबिल बैंक नयाँ ब्याजदर अनुसार नबिल बैंकले  व्यक्तिगत मुद्दती निक्षेपमा वार्षिक १२ दशमलव १३  प्रतिशत र व्यक्तिगत निक्षेपमा ११ दशमलव ३ देखि १२ दशमलव १३ प्रतिशत ब्याजदर पुगेको छ । रेमिट्यान्स खातामा भने १३ दशमलव १३ प्रतिशत पुर्याएको छ । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई १२ दशमलव १३ प्रतिशत र रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत ब्याज दिने जनाएको छ ।  प्राइम बैंक प्राइम बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स खातामा १४ दशमलव १३ प्रतिशत ब्याज तोकिएको छ, भने बचतमा ७ दशमलव १३ देखि १० दशमलव १३ प्रतिशतसम्म ब्याज पाइने छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै बचतमा ७ दशमलव १३ देखि १० दशमलव १३ प्रतिशत ब्याज दिने जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र बचततर्फ ७ दशमलव १३ देखि ९दशमलव १३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।  सेञ्चुरी बैंक सेञ्चुरी बैंकले व्यक्तिगत मुद्दतीमा १२ दशमलव १३ प्रतिशत र  रेमिट्यान्स मुद्दती खातामा १४ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ ।  संस्थागत निक्षेप तर्फ भने १० दशमलव १३ प्रतिशत ब्याज पाइने छ ।  सानिमा बैंक सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ भने रेमिट्यान्स मुद्दतीमा १३ दशमलव ५१ प्रतिशत र बचतमा ७ दशमलव १३ देखि १० दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ । एनएमबि बैंक एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र बचतमा ७ दशमलव १३ देखि ९ दशमलव १३ प्रतिशतसम्म ब्याज दिनेछ ।  सिभिल बैंक सिभिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ, भने रेमिट्यान्स मुद्दति निक्षेपमा १३ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ ।  बैंकले बचतमा ७ दशमलव १३ देखि १० दशमलव १३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक नेपाल इन्भेष्टमेण्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलब १३ प्रतिशत ब्याज दिने बताएको छ । बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत र बचतमा ७ दशमलव १३ प्रतिशत ब्याज दिने भएको जनाएको छ । मेगा बैंक मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ रेमिट्यान्स खातामा भने १३ दशमलव १३ प्रतिशत ब्याज पाइने छ । बैंकले बचतमा ७ दशमलव १३ देखि १० दशमलव १३ प्रतिशतसम्म ब्याज दिनेछ ।   एभरेष्ट बैंक एभरेष्ट बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३ प्रतिशत र े रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ ७ दशमलव १३ देखि ८ दशमलव १३ प्रतिशतसम्म ब्याज पाइने छ । नेपाल एसबीआई बैंक नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १० दशमलव १३ प्रतिशत ब्याज दिने छ भने रेमिट्यान्स मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ यस्तै बचतमा ७ दशमलव १३ प्रतिशत देखि ८ दशमलव १३ प्रतिशतसम्म ब्याज पाइने छ । कुमारी बैंक कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिनृ भएको छ भने बचतमा ७ दशमलव १३ देखि ९ दशमलव १३ प्रतिशत सम्म ब्याज दिने भएको छ । बैंक अफ काठमाण्डु बैंक अफ काठमाण्डुले असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ । यस्तै रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत दिने भएको छ, भने बचतमा ७ दशमलव १३ देखि ९ दशमलव १३ प्रतिशतसम्म ब्याज दिने भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ भने बचतमा ७ दशमलव १५ देखि ७ दशमलव १३ प्रतिशतसम्म ब्याज दिने भएको छ । सनराइज बैंक सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ भने रेमिट्यान्स मुद्दतीमा १४ दशमलव १३ प्रतिशत दिने भएको छ बचतमा भने ७ दशमलव १३ देखि १० दशमलव १३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्