सरकार र मिटर ब्याजी पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौँ– मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् ।
काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो ।
सरकारले माग पूरा गर्न सहमत भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएकोसमिति अध्यक्ष राम सुरत गुप्ताले बताए । गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएपछि आइतबार पत्रकार सम्मेलन गरेर समिति अध्यक्ष गुप्ताले तत्कालका लागि आन्दोलन स्थगित गरेको जानकारी दिएका हुन् ।
माइतीघरमा ४७ दिनदेखि समितिको अगुवाइमा पीडितहरुले मिटर ब्याज तथा ठगीविरुद्ध आन्दोलन गर्दै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०८
प्रतिक्रिया दिनुहोस्