Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनमा नक्कली सुनको देखाई सक्कली सुन ठगी गर्ने पक्राउ

शुक्रबार, मंसिर ९, २०७९
चितवन– चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ (साविक जिनाखु गाविस)का ३९ वर्षीय विर बहादुर घिसिङ रहेका छन् । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीले जनाएको छ । पीडित महिलाहरुले गरेको गुनासोका आधारमा भदौ ३१ गते दिउँसो करिब साढे ११ बजेको समयमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकम सहित प्रहरीले पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । चितवन जिल्ला अदालतबाट आज (आइतबार) ठगी उद्योग कसुरमा म्याद अनुमति लिएर घिसिङमाथि थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार