प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दुई दलका र्शी नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा दुई नेताबीच वर्तमान राजनीतिक संकट र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे छलफल भएको बताइएको छ ।
उनीहरुबीच सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँडको विषयमा सहमति जुटाउने विषयमा पनि कुराकानी भएको छ ।
गठबन्धनमा आबद्ध दलहरुले समानुपातिकका सिट टुंगो लगाएर मात्रै प्रतिनिधिसभा तथा प्रदेशसभाको बाँडफाँडको अन्तिम टुंगो लगाउने भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:५५
प्रतिक्रिया दिनुहोस्