अरुको मन जित्न गर्नुस यी कुरा
कुनै पनि व्यक्तिको मनमा बास गर्नु निकै ठुलो उपलब्धी हो । हर कोहि सबैको मनमा अटाउँदैनन् । यसकालागी मानिसको मन मष्तिकसम्म छाप छोड्न ठुलो लगानी वा बर्षाै मेहनत गरेर पनि सम्भव हुदैन । तर कुनै सानो पलको भेट तथा ब्यवहार पनि कसैको मनमा बस्ने बाटो बनिदिन सक्छ । यस्तोमा केहि टिप्सहरु छन् जसले मानिसहरूको मन जित्न मद्दत गर्न सिकाउँछ ।
– व्यवहार र बोली
हरेक मानिसलाई राम्रो बोली र ब्यवहार प्यारो लाग्छ । धेरै झर्काेफर्काे नगर्ने, मिठो र नम्र बोल्ने बानिले अरुको मन जित्न सकिन्छ । त्यसैले अरुका अगाडि तपाईंको बोलीचाली र व्यवहार कस्तो छ ? त्यसले नै तपाई प्रति मानिसको धारणा बन्ने गर्दछ ।
– सफा र आर्कषक रहने
हरेक मानिस राम्रो पहिरन उसको सरसफाई र आर्कषक व्यक्तित्वबाट बन्ने गर्दछ । आर्कषक मानिसले सहजै अरुको मन जित्न र मानिसलाई प्रभावमा पार्न सक्छन् । आर्कषक बन्न सुहाउँदो पहिरन, मेकअप लगाउने र सरसफाईमा विशेष ध्यान दिनु पर्दछ ।
– कम बोल्ने
केहि मानिस अरुसंगको कुराकानीमा धेरै बोल्न पुग्छन् । तर अधिकांश मानिसलाई धेरै बोल्ने मानिस मन पर्दैन । त्यसैले चाहिने र आफुले जानकारी राखेको बिषयमा मात्र बोल्नु पर्दछ । अन्यथा जुन बिषयमा पनि धेरै बोलिरहने मानिसको मुल्य अरुको नजरमा कम हुन्छ ।
– सम्मान दिने
सम्मान सबैका लागि उत्तिकै प्यारो हुन्छ । तर प्राय मानिस आजकल आफ्नो बखान तथा अरुको अपमानमा रमाउने गर्दछन् । यो स्वभावले ब्यक्ति स्वयम्लाई खुसि मिले पनि अरुलाई भने यसले नराम्रो चोट पुर्याउँछ । तसर्थ अरुलाई सम्मान दिने ब्यक्ति धेरै मानिसको मनमा बस्न सक्छन् । साथै यस्तो ब्यवहारले मानिसको मन जित्न मद््दत समेत गर्दछ ।
– बनावटि नबन्ने
आजकल धेरै मानिस आफुलाई राम्रो देखाउने चक्करमा निकै बनावटि बन्दछन् । उनिहरु आफ्नो क्षमता बाहिरको ब्यवहार प्रस्तुत गर्दछन् । तर यसले मानिसलाई आर्कषित गर्दैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:५८
प्रतिक्रिया दिनुहोस्