Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभिनेता प्रदिप खड्कालाई राष्ट्रपतिद्वारा विभूषण प्रदान

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अभिनेता प्रदिप खड्कालाई विभूषित गर्ने घोषणा गरेकी छिन् । खड्का सँगै विभिन्न मानपदवी तथा अलंकारबाट ९९८ जनालाई सम्मानित भएका छन् । भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ । खड्का पछिल्लो समय नेपाली चलचित्रमा लोकप्रिय कलाकार हुन् । उनी चलचित्र ‘प्रकाश’ र ‘प्रेम गीत ३’ बाट अझ चर्चामा छन् । उनको पछिल्लो चलचित्र प्रेमगीत ३ असोज ७ गतेबाट प्रदर्शन हुँदैछ । यो चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२५
प्रतिक्रिया दिनुहोस्