Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाल्पामा डेंगुबाट पहिलो पल्ट एकको मृत्यु,भदौमा थपिए १२१ सङ्क्रमित

शुक्रबार, मंसिर ९, २०७९
पाल्पा– पाल्पामा पहिलो पल्ट डेंगुबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचाररत रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या देखिएपछि गत भाद्र २७ गतेदेखि उपचाररत थिए। उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा जम्मा जम्मा १४४ जनामा डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए । जसमध्ये २३ जना साउन महिनामा र १ सय २१ जना भाद्र महिनामा संक्रमित भएका हुन् । गत आर्थिक वर्षमा जम्मा २७ जनामा रहेको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:४४
प्रतिक्रिया दिनुहोस्